इङ्ल्यान्डका फुटबल प्रशिक्षक साउथगेटले दिए राजीनामा
लगातार दुईपटक युरोकप फुटबल प्रतियोगितामा उप–विजेताका रुपमा चित्त बुझाउनु परेपछि इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रशिक्षक गारेथ साउथगेटले अप्रत्यासित रुपमा आफ्नो पदबाट राजीनामा दिएका छन् ।प्रशिक्षक साउथगेटले लगातार दुईपटक इङ्ल्यान्डलाई युरोकपको फाइनलमा पु¥याएका थिए । प्रशिक्षक साउथगेटले लगातार दुईपटक इङ्ल्यान्डलाई युरोकपको फाइनलमा पु¥याएका थिए । यसअघि इङ्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो ।यसअघि इङ्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो ।
युरोकपको फाइनलमा पराजित भएसँगै विश्व फुटबलमा प्रभावशाली प्रशिक्षकको छवी बनाएका ५३ वर्षीय साउथगेट आलोचकहरुको निसानामा परेका थिए ।
आठ वर्षअघि जिम्मेबारी समालेका ५३ वर्षीय साउथगेटको प्रशिक्षकत्वमा इङ्ल्यान्डले कुल एक सय दुई खेल खेल्यो । उनी सन् २०१६ मा इङ्ल्यान्डको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक बनेका थिए । उनको पछिल्लो सम्झौता अवधि आगामी डिसेम्बरमा सकिने थियो ।
उनले प्रशिक्षकको भूमिकामा पनि राष्ट्रिय टोलीको स्तर उकास्न आफूले सकेजति प्रयास गरेको बताएका छन् । ‘मैले प्रशिक्षकको भूमिकामा पनि सकेजति गरेँ । अब टोलीमा परिवर्तन आवश्यक छ । त्यसैले मैले यो जिम्मेबारी त्याग गर्ने निर्णय लिएको हुँ,’ उनले भनेका छन् ।
फुटबल एसोसिएसन (एफए) ले पनि प्रमुख प्रशिक्षक साउथगेटले राजीनामा दिएको समाचारको पुष्टि
उनको प्रशिक्षकत्वमा इङ्ल्यान्डले ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को उत्कृष्ट नतिजा निकालेको थियो ।
प्रतिक्रिया