नेप्से २३ सय अंक माथि,  ९ अर्ब १३ करोड रुपैयाँको कारोबार

शेयर बजारमा परिसूचक नेप्से २३ सय अंक माथि पुगेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७०.१८ अंकले बढेर २३१० बिन्दूमा पुगेको हो । शेयर बजार २३ सय अंक माथि पुगेको यो २६ महिनापछि हो । मंगलबार कारोबार रकममा पनि बृद्धि भएको छ । मंगलबार २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँमा कारोबार भएको हो । आज कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो । मंगलबार हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशतले बढ्यो । त्यस्तै बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढ्यो । आज सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावर, सिकलेस हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, रिडी र अरुणभ्याली हाइड्रोको मूल्य १० प्रतिशतले बढ्यो ।
 

प्रतिक्रिया