महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत
महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति रामचन्द्र पौडेललाई दिएको राजीनामा स्वीकृत भएको हो।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए। महान्यायाधिवक्ता राष्ट्रपति र सरकारको औपचारिक कानूनी सल्लाहकार हुन्।
तत्कालीन सत्ता स्वार्थ अनुसार रवि लामिछानेलाई पासकोर्ट कसुर र सहकारी ठगीमा उन्मुक्ति दिन खोज्दा पोखरेल विवादमा परेका थिए।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएर सरकार बनेपछि पोखरेलले राजनीनामा बुझाएका हुन् ।
प्रतिक्रिया