झापामा एकै बर्ष १५ सय १७ ओटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता

झापा जिल्ला अदालतमा एक बर्षमा १५ सय १७ ओटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।  चालु आर्थिक बर्ष २०८०/०८१ को असार ३० सम्म विभिन्न प्रकृतिका ७ हजार २ सय ओटा मुद्दा दर्ता भएकोमा सवैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा रहेको  अदालतको तथ्यांकले देखाएको हो । आगमी बर्षलाइ ३५ सय ६४ ओटा विभिन्न प्रकृतिका मुद्दा जिम्मेवारी सरेर आएको र दर्ता भएका मुद्दामध्ये ५० दशमलव ५० प्रतिशत फछयौट भएको अदालतले जनाएको छ । 
फैसला कार्यान्वयन तर्फ जिम्मेवारी सरेर आएका ४ सय २३ ओटा मुद्दासहित १२ सय १० ओटामा ७ सय १ ओटा फछयौट भइ बाँकी ५ सय ९ ओटा मुद्दा रहेको जनाइएको छ । अदालतमा परेका विषेश प्रकृतिका निवेदनमा २ सय ७७ ओटा विवाह,अधिकृत वारेसमा २ सय ९३ ,संरक्षक नियुक्ति ५ ,मृत्युको न्यायीक घोषणा १५ रहेको छन । अदालतले आजवाट मार्ग समूह अनुसार फाँट राखेर काम गर्ने जनाएको छ । यस्ता मुद्दाहरु १ सय ८० दिन देखी ५ सय ४५ दिनसम्म फछयौट अबधि रहने उल्लेख छ । लक्ष्य अनुसारको मुद्दा फछयौट नहुनुमा कर्मचारी सरुवा, कर्मचारी अभाव,भवन अपुग लगायतका कारण  भएको  कार्यालयको भनाइ छ । 
 

प्रतिक्रिया