पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीमाथि प्रतिबन्ध

विदेशी कोषमा दुरुपयोग गरेको आरोप

पाकिस्तान सरकारले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ पीटीआईमाथि प्रतिबन्ध लगाएको छ । अध्यक्ष इमरान खानलगायत अन्य नेता विरुद्ध पनि कारवाही र पार्टीमाथि प्रतिबन्ध लगाउन माग गर्दै पाकिस्तान सरकार सर्वोच्च अदालत पुगेको थियो । पाकिस्तान सरकारमा संलग्न दलहरूले पाकिस्तान तहरीक–ए–इन्साफको आरक्षित सिटहरूका सम्बन्धमा सर्वोच्च अदालतको निर्णयको विरुद्धमा पुनः पुनरावेदन दायर गर्ने बताइएको छ । पीटीआईमाथि तालिबानलाई पाकिस्तानको क्षेत्रमा ल्याएको र देशविरुद्ध षड्यन्त्र गरेको आरोप लागेको छ । पीटीआईलाइ दिइएको विदेशी अनुदानमा भारतीय र इजरायली कोष समेत समावेश भएकोमा दुरुपयोग गरेको भन्दै खानको पार्टी गैरकानुनी भएको सरकारको ठहर छ । देश विद्रोही कार्यमा संलग्न सबैलाई कानुनी कारवाही गरिने र राहदानी जफत लगायत कडा कारवाही गरिने पनि बताइएको छ । 

प्रतिक्रिया