समाजवादी मोर्चाको बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रको पहलमा गठन भएको समाजवादी मोर्चाको बैठक आज बस्दैछ । कांग्रेस–माओवादी गठबन्धनमा बनेको सोही मोर्चा एमाले–माओवादी गठबन्धन बनेपछि सक्रिय हुन लागेको हो । मोर्चाको समीक्षा तथा भावी रणनीति तय गर्न आज एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बैठक बोलाइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ताबाट बाहिरिएपछि पहिलोपटक मोर्चाको बैठक बस्न लागेको हो। मोर्चामा ल्याउन नेत्रबिक्रम चन्दले जसपा नेपाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा मसाल लगायत दलहरूसँग परामर्श गरिएको छ। मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, तत्कालीन जसपा नेपालसहितका दल थिए । योसँगै मोर्चालाई विपक्षी गठबन्धन बनाउने प्रयासमा नेकपा माओवादीका अध्यक्ष दाहाल लागेका छन ।

प्रतिक्रिया