सिमलताल बस दुर्घटनाका यात्रुहरुको विवरण सार्वजनिक
जिल्ला प्रशासन कार्यालय चितवनले नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बसमा रहेका यात्रुको नामसहित विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार १० जना भारतीय नागरिक रहेको खुलेको छ ।आफन्तले दाबी गरेको, बसको यात्रु चलानमा उल्लेख भएको आधारमा विवरण तयार गरी सार्वजनिक गरिएको प्रशासनले जनाएको छ । तर अझै पनि केही विवरणमा अन्योल नै रहेको प्रशासनको भनाइ छ । शुक्रवार लेदोसहितको पहिरोले बगाउँदा दुई वटा बस र धेरैजसो यात्रु त्रिशूलीमा बेपत्ता छन् । काठमाण्डौबाट गौरका लागि छुटेको एञ्जल बसमा चार जना महिला र २३ जना पुरुष गरी २७ जना र वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको गणपति डिलक्स बसमा पाँच महिलासहित ३८ जना यात्रु रहेको विवरण नामसहित सार्वजनिक भएको छ ।
प्रतिक्रिया