सिन्धुपाल्चोकमा भारी वर्षाले आकस्मिक बाढीको जोखिम
सिन्धुपाल्चोकका विभिन्न स्थानमा भारी वर्षा भएको छ । जिल्लाका ढुंग्रे, भोटाङ, मानेखर्क, चन्दारकु र दैलेखको डाँडागाउँ वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले तटीय क्षेत्रमा हुनेहरूले बिहान ७ बजेसम्म सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबारदेखि इन्द्रावती नदिमा आएको बाढीले जोखिममा रहेको मेलम्चीको बेलिब्रीज तथा बस्ती र संरचना जोखिममा पारेको छ । बाढिले इन्द्रावती तेसा्रे जल विद्युतको पावर हाउस तथा सबस्टेशनमा क्षति गरेको छ भने मेलम्ची भोताङ सडक पनि अवरुद्ध भएको छ । त्यस्तै पाँचपोखरी थाङपाल गाँउपालिकाको चिन्डेमा रहेको झोलुगे पुल पनि बगाएको छ ।
प्रतिक्रिया