सर्वोच्चद्धारा थप पाँच जिल्लामा पारिवारिक इजलास सुरु हुँदै

आजदेखि थप पाँच जिल्लामा पारिवारिक इजलास सुरु हुँदैछ। सर्वोच्च अदालतले आजदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँके जिल्लामा पारिवारिक इजलास सुरु गर्न लागेको हो ।  मुद्दाको चाप बढी भएका जिल्लालाई छानेर नयाँ आर्थिक वर्षदेखि पारिवारिक इजलास सुरु गर्न लागिएको हो । पारिवारिक इजलासले महिलावादी भएका अंश, नाता कायम, घरेलु हिंसा, बालबालिकाको हित, सरोकार र हेरचाह जोडिएका मुद्दा हेर्नेछ । यसअघि २२ असोजदेखि काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलास सुरु भएको थियो । 

प्रतिक्रिया