देवघाटधाममा साउने संक्रान्ति मेला शुरु

नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ । साउनको पहिलो दिन आज साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको हो । मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन् । अझै साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले विशेष मेला हुने देवघाट क्षेत्र विकास समितिले जनाएको छ । संक्रान्तिका लागि बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गरिरहेका छन । नदीमा पानीको बहाव बढेकाले कुनै घटना नहोस् भनेर व्यवस्थापनका लागि स्वयंसेवक खटाइएको र डुंगासमेत राखिएको समितिले जनाएको छ । बाटो, खानेपानी, विद्युतलगायतको पनि व्यवस्थापन भएको छ । 

प्रतिक्रिया