साउन महिना सुरु भएसँगै डोलेश्वरमा एक महिने मेला सुरु

साउन महिना सुरु भएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं– ८ सिपाडोल स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु भएको छ । केदारनाथको शीर मानिएको डोलेश्वर महादेव मन्दिरमा बिहानैदेखि दर्थनार्थीको भीड लागेको हो । दर्शनार्थीको आगमनले डोलेश्वर महादेव मन्दिर परिसर यतिबेला भरिभराउ भएको छ । मेलामा विशिष्ट धर्मगुरुबाट धार्मिक प्रवचन तथा कलाकारहरूबाट भजन कीर्तन हुने बताइएको छ । स्थानीय गुरुहरूबाट नित्य पूजा, पाठ पारायण कार्य तथा विमला गंगा आरती हुनेछ ।साउन महिनाभरी लाग्ने यस मेला भएकाले पनि यहाँ हजारौंको संख्यामा दर्शनार्थी सहभागी भएका छन् । मन्दिरलाई विक्रम संवत् २०६६ साल भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । 

प्रतिक्रिया