जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान्छन् तुडेपानीका बालबालिका

पुल नहुँदा कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ तुडेपानी, जगातीका बालबालिका जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन् । चुरे गाउँपालिका–४ मा रहेको समैजी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी काले खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जान बाध्य भएका हुन् । काले खोला तर्दा विद्यार्थीहरू निथ्रुक्क भिजेर भिजेको लुगामा कक्षा कोठामा बस्न बाध्य हुने गरेका छन । 
वर्षातको समयमा खोला बढ्दा कतिपय विद्यार्थीहरू स्कुल नै छाडनुपर्ने अवस्था रहेको छ । प्रत्येक बिहान र दिउँसो तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई कतिपय शिक्षकले खोला तार्दिने गरेका छन । 
काले खोलामा झोलुङ्गे पुलका लागि पटक पटक गाउँपालिका तथा सरकारलाई गुहार गर्दा पनि सुनवाई नभएको स्थानीय र अभिभावकको गुनासो छ । 
वर्षातमा खोलामा पानीको बहाव बढेपछि विद्यार्थीलाई आवागमनमा थप सास्ती हुने गरेको छ । स्थानबाट नजिक रहेका अरु दुई वटा विद्यालय पनि छन् तर ति विद्यालयमा पुग्न पनि एकदेखि दुई घण्टा थप समय लाग्ने भएकाले विद्यार्थी जाने गरेका छैनन । 

प्रतिक्रिया