पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । यसैगरी दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ वरपर १७० र तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ । यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५७ रुपैयाँ, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम गरिएको छ ।
 

प्रतिक्रिया