काठमाडौं महानगरले दियो श्रम बैंक मार्फत ९१२ जनालाई रोजगारी

काठमाडौं महानगरपालिकाले श्रम बैंक मार्फत ९ सय १२ जनालाई रोजगारी दिएको छ । महानगरको तीन वर्षे कार्ययोजना अन्तर्गत गठन गरिएको श्रम बैंक योजना अन्तर्गत ३२९ जनालाई निजी क्षेत्रमा र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी दिइएको नगर प्रमुख बालेन्द्र साह बालेनले जानकारी दिएका हुन । रोजगार र स्वरोजगार गरेर गत आर्थिक वर्षमा १७ हजारले आर्जन गर्न थालेको उनको भनाइ छ । महधानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ’रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ’श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो । आर्थिक बर्ष २०८०÷८१ मा सीप मेला २०८१ मार्फत २ हजार ५ सय ५५ जना, महानगरको तालिम केन्द्रमार्फत १ हजार ४ सय ६७ जना र अनलाइनमार्फत २ हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम लिएका छन् । यसबाट श्रम बैंकमार्फत दक्ष ४ सय ५५ जना, अर्धदक्ष ३८ जना र अदक्ष ४ सय १८ गरि जम्मा ९ सय ११ जनाले रोजगारी पाएका हुन् । जसमध्ये ३ सय २९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५ सय ८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको महानगरले जनाएको छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार/स्वरोजगार भएका छन् ।
 

प्रतिक्रिया