अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई अदालतले दियो अर्को राहत

गोप्य सरकारी कागजात सम्बन्धी मुद्दा खारेज

अमेरिकी पूर्ब राष्ट्रपति डनल्ड ट्रम्पलाई अवैध रूपमा सरकारी गोप्य दस्ताबेज रोखेको मुद्दामा ठूलो राहत मिलेको छ ।अमेरिकाको फ्लोरिडास्थित जिल्ला अदालतले पूर्वराष्ट्रपति ट्रम्पविरुद्धको क्लासिफाइड अर्थात् गोप्य सरकारी कागजात राखेको मुद्दा खारेज गरेको हो । न्यायाधीश एलिन क्याननले अभियोजनकर्ता ज्याक स्मिथले दायर गरेको ट्रम्पविरुद्धको मुद्दामा ठोस प्रमाण नभएको र स्मिथलाई संविधानको उल्लंघन गर्दै भन्दै मुद्दा लड्न नियुक्ति गरिएको भन्दै मुद्दा नै खारेज गरेका हुन् । सो मुद्दामा ट्रम्पमाथि ३७ वटा आरोप लगाइएको थियो ।सन् २०२२ मा ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा एफबीआईले छापा मार्दा ११ हजार दस्ताबेज प्राप्त गरेको थियो । त्यसमध्ये सय वटा दस्ताबेज क्लासिफाइड अर्थात् गोप्य दस्ताबेज रहेको एफबीआईले जनाएको थियो । जसलाई सन् २०२१ म ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाइट हाउस छोड्दा लगेको बताइएको छ । ट्रम्पले फ्लोरिडा अदालतको निर्णयको स्वागत गर्दै आफू माथि लगाइएको सबै आरोप खारेज हुनुपर्ने बताएका छन । फैसला सुनाउने न्यायाधीशलाई ट्रम्पले नै नियुक्त गरेका थिए । यसअघि ट्रम्पले पोर्नस्टार स्टोर्मी ड्यानियलसँगको हस मनी ट्रायल मुद्दामा सफाइ पाएका छन ।  शनिबार चुनावी सभालाई सम्बोधन गर्दा गर्दै ट्रम्पमाथि गोली प्रहार भएको थियो । 

प्रतिक्रिया