६ औं पटक कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई

काठमाडौ । अर्जेन्टिनाले १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज विहान भएको खेलमा कोलम्बियालाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको हो ।  स्टेडियममा भिड नियन्त्रण गर्न नसक्दा निर्धारित समयभन्दा ७७ मिनेट ढिला भएको खेलमा अर्जेन्टिनाका लागि निर्णायक गोल लाउटारो मार्टिनेजले गरे । २८ खेलदेखि कोलम्बियाको अपराजित यात्रामा ब्रेक लगाउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । ९० मिनेटमा कुनै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । १ सय १२औं मिनेटमा कोलम्बियाको डिफेन्सलाई छक्याउँदै मार्टिनेजले गोल गरेका हुन् । मार्टिनेज यो प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत हुन । उनले यसपालिको कोपा अमेरिकामा पाँच गोल गरे ।

प्रतिक्रिया