पृथक र फरक धारमा यात्रा प्रारम्भ एभिन्युज खबर अठारौं बर्षमा प्रवेश, टेलिभिजनलाई प्रविधिमैत्री बनाउने अध्यक्ष राजकर्णिकारको घोषणा

काठमाडौ । एभिन्यूज खबर टेलिभिजनले ‘१७ आ’ैं बाषिकउत्सव मनाएको छ । ‘सोमबार १७ औं एभिन्यूज महोत्सव—सधै पृथक सधै अथक’ भन्ने नाराका साथ वार्षिक उत्सव मनाइएको हो । कार्यक्रममा बोल्दै एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भाष्करराज राज कर्णिकारले पछिल्लो समय देशको समग्र अर्थतन्त्रसँगै  आमसञ्चारक्षेत्रमा पनि त्यसको असर परेको बताए । २०७२ सालको भूकम्प,कोरोना महामारी र अहिले देखिएको आर्थिक संकटपछि सञ्चार क्षेत्रमा अनेकौँ चुनौति थपिएको उनको भनाइ छ । 
कार्यकारी अध्यक्ष कर्णिकारले टेलिभिजनमा उत्पादन हुने सामाग्रीहरुलाई गुणस्तरीय बनाउन एभिन्यूज खबर प्रतिबद्ध रहेको बताए । उनले टेलिभिजनमा उत्पादन हुने सामाग्रीहरुलाई देखिने,सुनिने र महसुस गर्ने खालको बनाउनुपर्नेमा जोड दिएका छन् । इन्टरनेटको पहुँचको कारण परम्परागत सञ्चारमाध्यममा चुनौति थपिएको उनको भनाइ छ । उनले अझै पनि नेपालका ६० प्रतिशत मानिसले टेलिभिजन हेर्ने गरेको तत्थ्याङ्क प्रस्तुत गरे । टेलिभिजनलाई प्रविधिमैत्री बनाउन एभिन्यूज खबरले काम सुरु गरिसकेको उनले बताए । 
एभिन्यूजका खबर प्रमुख केदार कोइरालाले सञ्चार माध्यममा चुनौतिसँगै जिम्मेवारी पनि थपिएको बताएका छन् । एभिन्यूजले आगामी दिनमा गुणस्तरीय सामाग्री उत्पादन गर्ने उनको प्रतिबद्धता छ । 
प्रमुख कार्यकारी अधिकृत मिलन श्रेष्ठले एभिन्यूज खबरलाई प्रविधिमैत्री बनाउन ब्यवस्थापकको तर्फबाट  विस्तृत योजना बनिरहेको बताए ।
कार्यक्रममा एभिन्यूज खबरदाता बिनोद श्रेष्ठलाई पुरस्कारसहित सम्मान गरिएको थियो । 
 

प्रतिक्रिया