प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग लिए पद तथा गोपनियताको सपथ,एक्काईस सदस्सीय मन्त्रिपरिषद बिस्तार

काठमाडौ । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन । आज राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन । सो अवसरमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि पद तथा गोपनियताको शपथग्रहण गरे । त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री डा. आरजु राणा, खोनपानीमन्त्री प्रदीप यादव, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सपथ लिएका छन । त्यस्तै  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी,स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया नियुक्त भएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई र उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का नियुक्त भएका छन । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पनि पद तथा गोपनियताको शपथ लिएका छन । सपथ लिएका मन्त्रीहरुले आजै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन ।

प्रतिक्रिया