बेपत्ता बस र यात्रुको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल हुँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images_mYSYw8TaSF_eoxg2dvfvwxufl17np39kcxsv9atzhklr8wnf9xzxvx2cmeunioq5vrbhxdl_M8T71k9JNQ_wcgclx5xodxxyaqepidlxdjguhucatmtmtiyosjsubrlcyz8zsqrjcdlpkwi.jpg)
गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन्। सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित भरतपुर आएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दुतावाससँग कुरा भइरहेको जानकारी दिए।
बेपत्ताको खोजी गर्न प्रविधिसहितका ५०० सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको उनले उल्लेख गरे । “यातायात व्यवसायीसँग समेत छलफल गरेर खोजीलाई कसरी तदारुकता दिन सकिन्छ भनेर लागेका छौँ,” उनले भने, “अहिलेसम्म पाँचवटा शव फेला परिसकेको छ ।”
उनले पानीको सतह घट्दै गएपछि आधुनिक उपकरण प्रयोग गरेर खोजीलाई तीव्रता दिइने बताए ।
यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको वाग्मती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेको थियो । नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म पाँचजनाको शव फेला परेको छ ।
![जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैन : सांसद भट्टराई](https://snowberry.prixacdn.net/media/gallery_folder/yogesh_jpn4VAZcuM_3sx6hm8zptpnvbwavdinms8n4rxkl7edduikckl8tqsqxlxfn0ldobtclrvi_R6KhDIb7sL_ruyxwr7zza3fqxy10b6vkjoxhni6ae8bpaflt3nhtsj8bcqjl7c2thahedcw.jpg)
जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैन : सांसद भट्टराई
![सरकार जसको बनेपनि वैदेशिक सहायता नीति एउटै बनाउनुपर्छ : महामन्त्री थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan_Aspf6fmfNr_lwoglkul43luwzhsliwixtmh6wdzgf6ixfrlizbmasxtkmb9rbyulcayhndb_tqN26cbR5M_gedcypx31uh8a1e59zmndwlwmrqnlmslzqsmol2btjgxt9rhjnlr6jpvkwd6.jpg)
सरकार जसको बनेपनि वैदेशिक सहायता नीति एउटै बनाउनुपर्छ : महामन्त्री थापा
![वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Death-body-900px_9GIWJZvNIv_uqiqa4h8t5mqnpk3ofroj3ctav1qhens4akqvxrsvpppzmvwgg5c2xotzowc_ETVMBzq9WV_jeuu1rmozfmmdbie7tu0ww4cjumxxxdcdbzdjz1hetuqujx5fxsl2dvukr3a.jpg)
वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु
![जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/japan-flag_9H8WXBWHxr_dgicxh0nexhxmjz8xmsk1dqq6qng8trllvpwslxkpsp5xfwti6e9f72wigkp_wVimi7Gd0L_3cllc9bjg0liqnkdz7zwlwfeunup8svf3qkj4obj55amd6ysdnxpmyzddz5m.jpeg)
जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि
![भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/img-20250121-wa0006-2212025085103-1000x0_2N1IVuXSzY_u9azo9ig6oyappu0ogczovhpo22dwpyc0pfft3zvdq8z7x9uw8qtwbznwwyz_nj3s3yHIX3_aqlrxdcddemhgk2jig5dxtebhmhrjopyifayejg3xyzcnxzbdkmetqeunxkg.jpg)
भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा
![प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग](https://snowberry.prixacdn.net/media/gallery_folder/received_985522963464165_5PVFtVa257_e2zhwqzy28kcodpzgsvgjokbluxy7aiaaalfufut1w26ddxdvkctcrkmqygg_Brl9htLjZQ_mxyvwtbfxqs3n6fleg0u5ftpiuqr5sbozu9ecddxc70vai64xiyirfuzsorn.jpeg)
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
![चीनमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/accident-1713076124_YWiXDDwiyZ_9k9s9dikhbgjhftlkpymhgayg0utcigwbd6ogo1hykly0yd89c19jxdmqpt9_jbjFThGKJ1_cjjjdoefoc87eazuy1d6otxfuji851ywhmubljqzdzxrd5badsxlcnin5ocx.jpg)
चीनमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु
![टर्कीएको होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/aaglagi1637632894_01oqdaJHyc_og8rzhpvejxahlinibrzbrkxawuqfvxeudtqeaeyrjs2woy5v7nqabfbbtys_Ez0qUlubpM_3lsiudyfxkkgrqqzmvixekuqqufvjoxbrkpbbru5vqo4pfnxz3ts1zrpdhsr.jpg)
प्रतिक्रिया