११ महिनामा मोबाइल बैंकिङ मार्फत ३.५ खर्ब बढीको भुक्तानी कारोबार
चालु आर्थिक वर्षको ११ महिनामा मोबाइल बैंकिङ मार्फत साढे ३ खर्ब बढीको भुक्तानी कारोबार भएको छ । जेठ मसान्तसम्म २ करोड ४३ लाख ६३ हजार ७७६ जना मोबाइल प्रयोगकर्ताहरूमार्फत कूल ३ खर्ब ५१ अर्ब २८ करोड ७० लाख रुपैयाँ कारोबार भएको हो । यो अघिल्लो महिनाको तुलनामा १५ अर्ब २२ करोड ९० लाख रुपैयाँले बढी हो । वालेटको तुलनामा झन्डै १२ गुणा बढी भुक्तानी कारोबार मोबाइल बैङ्किङमार्फत हुने गरेको छ । सबैभन्दा बढी कनेक्ट आईपीएसमार्फत समीक्षा अवधिमा ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ । यसैगरी एटीएम कार्डमार्फत ९१ अर्ब ९० लाख रुपैयाँ भुक्तानी भएको छ । समीक्षा अवधिमा इन्टरनेट बैङ्किङ सेवामार्फत १६ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको केन्द्रीय बैंकको भनाइ छ ।
प्रतिक्रिया