प्रतिनिधिसभा राष्ट्रियसभाको निर्धारित बैठक समय परिवर्तन
प्रतिनिधिसभाको सोमबार (भोलि) दिउँसो १ बजेका निम्ति निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ ।
सोमबार दिउँसो १ बजेका निम्ति तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद् सचिवालयले आइतबार सूचनामार्फत जानकारी गराएको छ ।
यसैगरी, राष्ट्रियसभाको सोमबार बिहान ११ः३० बजेका लागि निर्धारित बैठक सोही दिन दिउँसो ३ः१५ बजे बस्ने गरी समय परिवर्तन गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ । रासस
प्रतिक्रिया