मन्त्रालय भागबण्डाबारे कांग्रेसभित्र शेखर समूहको छलफल, ४ जना मन्त्री बन्नुपर्ने निष्कर्ष
नेपाली कांग्रेसका नेता शेखर कोइरालाको समूह सरकारमा पठाउने मन्त्रीहरूले टुंगो लगाउन छलफलमा जुटेको छ। कांग्रेस(एमाले गठबन्धनको तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारमा जाने निश्चित भएसँगै कांग्रेसको शेखर समूहले सरकारमा पठाउने मन्त्रीबारे टुंगो लगाउन छलफलमा जुटेको हो। कोइराला पक्षले सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना मन्त्री बन्नुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस र एमालेबिच मन्त्रालयको भागबन्डा हुँदा १० वटा मन्त्रालय कांग्रेसले पाउने मोटामोटी समझदारी भएको छ । जसअनुसार महामन्त्री गगन थापासहित इतर समूहको आइतबार बसेको बैठकले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने र सोहीअनुसार सभापति शेरबहादुर देउवासँग कुराकानी गर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा शेखर–गगनका साथसाथै उपसभापति धनराज गुरुङ, नेताहरु अर्जुननरसिंह केसी जीवन परियार, बद्री पाण्डे, दिलेन्द्र बडूलगायत सहभागी भएका थिए ।
यसअघि शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताका आधारमा समावेशिता तथा प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय भएको छ। सोहीअनुसार कांग्रेसले अब आन्तरिक भागबन्डा मिलाएर मन्त्री टुङ्ग्याउने बताइएको छ ।
छलफलमा वर्तमान राजनीतिक विषयमा समेत छलफल भएको छ ।
प्रतिक्रिया