२० वर्षीय थोमसले हानेका थिए ट्रम्पमाथि गोली

अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने संदिग्ध व्यक्तिको विवरण सार्वजनिक भएको छ ।  एफबीआईले गोली चलाउने व्यक्ति बेथेल पार्क पेन्सिलभानियाका २० वर्षीय थोमस म्याथ्यु क्रुक्स भएको जनाएको छ । सो स्थान कार्यक्रम भएको बटलरबाट करिब ७० किमी ड्राइभिङ दुरीमा भएको एफबीआईले जनाएको छ । 

सुरक्षाकर्मीको गोली लागेर क्रुकको घटनास्थलमै मृत्यु भएको थियो। गोली लागेर र्‍यालीमा सहभागी एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते छन्।

घटनापछि ट्रम्प घटनापछि सुरक्षाकर्मी संस्थाले ट्रम्प सकुशल रहेको बताएको छ। एफआईले सो घटना अझै अनुसन्धानमै भएको जनाउँदै घटनासम्बन्धी कुनै जानकारी भएमा सूचना दिन आग्रह गरेको छ ।  

शनिबार साँझ साढे ६ बजे पेन्सिलभेनियाको बट्लरमा चुनावी र्‍यालीको क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो। एफबिआईले यसलाई ट्रम्पको हत्या प्रयास पनि भनेको छ। ट्रम्पको हत्या प्रयासपछाडिका कारण भने खुलिसकेको छैन।

प्रतिक्रिया