के भन्छ वैदिक दर्शन ?

आधुनिक क्वान्टम फिजिक्सले प्रमाणित गरेको छ कि यस ब्रह्माण्डमा सबै कुरा मूलतः: ऊर्जाको तरङ्ग वा कम्पनका रूपमा अवस्थित छ।  ब्रह्माण्डका सबै सजीव र निर्जीव चीजहरू ऊर्जाको तरङ्ग वा कम्पन निर्मित रहेकाले त्यसरी निर्मित तत्त्वहरू सत्त्व, रज र तम गरी तीन सूक्ष्म आधार गुण युक्त हुन पुग्दछ। जसलाई त्रिगुणमा आधारित संरचना भनिन्छ। 

सृष्टिमा रहेका सबै जीवित र निर्जीव, मूर्त र अमूर्त चीजहरू बाट त्रिगुणमा आधारित उत्सर्जित ऊर्जाको कम्पनहरूले तिनीहरूको व्यवहारलाई निर्धारण गर्दछ।

वैदिक दर्शन अनुसार जन्म जात रूपमा व्यक्तिमा  छ-पक्षको गुण रहेको हुन्छ। इच्छा (Will), नियत (Intent), भावना / करुणा  (Emotion / Compassion), चेतना (Cognition), दृढता (Conation / Determination) र अन्तर सम्बन्ध (Relation)। आयुर्वेद र साङ्ख्य सिद्धान्तले रङहरूलाई सत्त्व, रज, र तम गरी तीन गुणहरूमा विभक्त गर्दछ। 

रङ्गका तीन गुणहरूले जीवनका शारीरिक, मानसिक र भावनात्मक पक्षहरू लाई प्रभाव पार्ने ठानिन्छ। जस्तै सत्त्व गुणले शुद्धता, सामञ्जस्य र सन्तुलन प्रेमी हुन्छ। सत्त्व गुण सम्बन्धित रङहरू सेतो, हल्का नीलो, पहेँलो, र हरियो हुन्। यिनीहरू शान्ति, स्पष्टता, शान्त, सन्तुलन, शुद्धता, ज्ञान प्राप्ति मैत्री ऊर्जा प्रदायक हुन्छन्। सेतोले शुद्धता र शान्तिलाई प्रतिनिधित्व गर्दछ। हल्का नीलो शान्त र आत्मा विभोरको अवस्थालाई प्रतिनिधित्व गर्दछ। पहेँलोले ज्ञान र बौद्धिकताको प्रतिनिधित्व गर्दछ।  हरियोले सामञ्जस्य र सन्तुलनको आभास दिन्छ।

रज गुणमा क्रियाशीलता, उत्साह र नियमित कर्ममा लिन हुने गुण पर्दछ। नियमित परिचालन, परिवर्तन र निरन्तर विकाशको चक्र राज गुणको देन हो।  राज गुणी रङहरू रातो, सुन्तला र चम्किलो पहेँलो हुन्। किनकि यी रङ्गहरू ऊर्जाशीलता, कर्मशीलता, उत्साह, बेचैनी र शौक निर्माण मैत्री विशेषताहरू निर्माण गर्न सहयोगी हुने गर्दछन्। रातोको ऊर्जा र उत्साह निर्माण गर्ने गुण हुन्छ। सुन्तलाले चासो, उत्साह र कर्मशील जीवन्तता दिन सहयोगी बन्छ। चम्किलो पहेँलो उत्साह र उत्प्रेरणा मैत्री हुन्छ।

तम गुण अन्तर्गत आलस्य, अन्धकार र अज्ञानताको अधिकता हुन्छ। तम गुणी रङहरू कालो, गाढा खैरो, खरानी, गाढा नीलो आदि हुन्। यिनीहरू अन्धकार, मन्दता, आलस्य, अज्ञानता, भ्रम जस्ता विशेषताहरू थप्ने सहयोगी बन्दछन्। कालो अन्धकार र अज्ञानता मैत्री हुन्छ।  गाढा खैरो मन्दता, सुस्तता र आलस्य युक्त हुन्छ। खरानी रङ्गले स्पष्टताको अभाव पैदा गर्दछ।  गाढा नीलो भ्रम र भारीपन मैत्री हुने गर्दछ। कुनै पनि जीर्ण संरचनाको पुनर्निर्माणको खातिर हुने ध्वंस वा विनाश समेत तम गुण चरित्र हो। 

सत गुण खाली स्थान जस्तो रहने स्थान उपलब्ध गराउने निर्गुण, निराकार प्रवृत्तिको हुन्छ। हावा जस्तो स्वतन्त्र  तथा पानी जस्तो तरल  गुण रज गुणको चरित्र हो। तम गुण ठोस पदार्थ जस्तो स्थिर र कुनै बस्तुलाई अँठ्याएर राख्ने क्षमता युक्त हुन्छ। आफ्नो अडानमा अत्यन्त कठोर रहेर रहने तम गुणी स्वभाव कालान्तरमा आफ्नै आन्तरिक ऊर्जा क्षण भएर गल्ने र नष्ट हुने क्रिया बाट गुज्रन जाने हुँदा त्यहाँ ध्वंस वा विनाश तथा नयाँ निर्माणको सु-अवसर उपलब्ध  बन्दछ।   

आयुर्वेद र सम्बन्धित वैदिक दर्शनहरूको सिद्धान्तहरू अनुरूप आफ्नो गुण अनुरूप रङहरूले व्यक्तिको मुड, भावना र मानसिक अवस्थाहरूमा प्रभाव पार्ने गर्दछ

प्रतिक्रिया