त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजी जारी, शव भेटिएका पाँचजनामध्ये तीनजनाको सनाखत
चितवनको नारायणगढ मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जारी रहेको छ । त्रिशुलीमा हराइरहेका यात्रुहरुको आज बिहान ७ बजेदेखि खोजी गरिने भनिए पनि पानी परिरहेकाले खोजी कार्य केहीबेर ढिला सुरु भएको हो । गृह मन्त्रालयका शुक्रबारदेखि हराइरहेका बस र ती बसमा सवार यात्रुहरुको खोजीका लागि ५ सय भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर पराचालन गरिएको छ । आज दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाँदै छन् आइतबार ठूलो चुम्बकको प्रयोग गरेर बस खोजिँदै छ । हालसम्म बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर, टेलिस्कोपको लगायतको सहायताले खोजी गरिएपनि बस भेटिएको छैन । ती बसमा ५० जनाभन्दा बढी यात्रुहरु रहेको अनुमान छ । तीन जना पौडिएर बाँच्न सफल भएका थिए । अहिलेसम्म फेला परेको पाँच शव मध्ये तीन जनाको सनाखत भएको छ । चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी का २८ वर्षीय ऋषि पल साहके पहिचान खुलेको हो । हिजो चार जनाको शव भेटिएकोमा आज बिहान थप एक जनाको शव फेला परेको हो शिुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन–नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ । हालसम्म तीनवटा शव भेटिएका छन् ।
प्रतिक्रिया