यात्रु फेला नपरेपछि सिमलताल बस दुर्घटनाका आफन्त आक्रोशित

घटना भएको तीन दिन बित्दासमेत दुईवटा बस र यात्रु फेला नपरेपछि आफन्त आक्रोशित भएका छन । अत्तोपत्तो नभएपछि घटनास्थलमा भेला भएका आफन्तहरु चिन्तित हुँदै खोजी कार्यप्रति असन्तोष व्यक्त गरेका हुन । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितका सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएपछि खोजी प्रभावकारी नभएको आफन्तको गुनासो छ ।  घटना भएको तीन दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले भएको खोजी प्रभावकारी देखिएको छैन । सुरक्षा अधिकारीहरुले भने त्रिशूली नदीमा बाढीको बहाव तिव्र भएको र पानी निकै धमिलो भएकाले खोज्न कठिन हुने गरेको बताएका छन् । बेपत्ता बसको खोजी कार्यमा प्रभावकारिता नदेखाएको भन्दै नदीमा हराइरहेका आफन्तले ‘‘दबाब दिन थालेपछि प्रशासनले थप प्रयास गरिरहेको छ । बङ्गलादेशबाट गोताखोर ल्याउने प्रयास समेत गरिएको छ । यसैविच त्रिशूली नदीमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । शस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्य गर्नेछ । त्यस्तै, अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसहरूको प्रयोग गरी घटनास्थलदेखि एक किलोमिटर तल तथा भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म खोजी कार्य गरिरहेको छ । ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म ¥याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजी कार्यको लागि परिचालन भएको छ । अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानीले गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरूको प्रयोग गर्दा समेत बेपत्ताहरूको खोजीकार्य गर्न असहज भएको बताइएको छ । 

प्रतिक्रिया