एमाले अध्यक्ष केपी ओली आज चौथो पटक प्रधानमन्त्री बन्दै
कांग्रेसले दश र एमालेले नौ मन्त्रालय पाउने, सपथ भोली
नेकपा एमालेका अध्यक्ष केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।नेपाली कांग्रेससहितको समर्थनमा नयाँ सरकार गठनको दाबी पेस गरेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्ने तयारी गरेका हुन् । संविधानको धारा ७६ को उपधारा दुई अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रबार साँझ ओलीले नयाँ सरकार गठनको दाबी पेस गरेका थिए ।राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मका लागि समयसीमा दिएर सरकार गठनको आह्वान गरेका छन । आइतबार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेर सोमबार बिहान ११ बजे आसपासको समयमा शपथ ग्रहण कार्यक्रम राख्ने तयारी गरेका छन । आफू नियुक्त हुनेबित्तिकै कांग्रेस र एमालेका भागमा परेका सबै मन्त्रीलााई सोमबार नै शपथ ग्रहण गराउने ओलीको तयारी छ ।ओली चौथों पटक प्रधानमन्त्री बन्न लागेका हुन् । मुलुकका लागि भने ओली ४५ औं प्रधानमन्त्री बनेका छन् ।।
प्रतिक्रिया