चुनावी सभाका क्रममा अमेरिकी राष्ट्रपतिका उम्मेदवार ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली आक्रमण भएको भएको छ । पेन्सिलभेनियामा एक ¥यालीका क्रममा उनीमाथि गोली चलाइएको हो । कान नजिकै गोली लागेका ट्रम्पको अवस्था सामान्य रहेको उनको चुनाबी अभियान टोलीले जनाएको छ । पेन्सिलभेनियामा एक चुनाबी सभामा बोल्दै गर्दा ट्रम्पमाथि गोलि चलाइएको थियो । आक्रमण लगत्तै ट्रम्पलाई सेक्रेट सर्विसले मन्चबाट एक सुरक्षित गाडीमा लगेका थिए । पूर्व रास्ट्रपति ट्रम्पले आकस्मिक अवस्थामा उपस्थित भएका सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन् । मन्चबाट सुरक्षित स्थानतर्फ लगिँदै गर्दा ट्रम्पको कानबाट रगत बगिरहेको भिडियोमा देखिएको छ । ट्रम्पमाथिको आक्रमणमा संलग्न एक जनाको मृत्यु भएको छ । ट्रम्पलाई चुनावी ¥यालीका क्रममा अमेरिकी गुप्तचर सेवाले आक्रमणकारीले ‘¥यालीस्थलभन्दा बाहिर उच्च स्थानबाट’ धेरै राउन्ड गोली चलाएको जानकारी दिएको छ । गुप्तचर सेवाले आक्रमणकारीलाई घटनास्थलमै मारिएको उल्लेख गरेको छ। विज्ञप्तिअनुसार घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । पेन्सिलभेनिया गभर्नर डिमोक्राट जश शपिरोले कुनै पनि राजनीतिक दल वा नेतामाथि हुने हमला सैह्य नहुने बताउनु भएको छ । ट्रम्पमाथिको हमलापछि विभिन्न देशका नेताहरुले खेद जनाएका छन् ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस खालको हिंसाका लागि कुनै स्थान नभएको बताउँदै यस्ता घटनाको निन्दा गर्न सम्पूर्ण देश एकताबद्ध हुनुपर्ने बताएका छन् । उनले एक वक्तव्य जारी गरी ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभार समेत व्यक्त गरेका छन् । यस्तै, पूर्वसभामुख नान्सी पेलोसीले पनि घटनाको निन्दा गर्दै ट्रम्प सकुशल रहेकोमा भगवानलाई धन्यवाद भनेकी छन् । अमेरिकाका विभिन्न राजनीतिक नेताबाट घटनाको निन्दा गर्ने क्रम जारी छ । बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले पनि सो घटनाबाट आफू स्तब्ध भएको बताउँदै घटनाको निन्दा गरेका छन् ।। 

प्रतिक्रिया