नेपाली काँगे्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौ । नेपाली काँगे्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नयाँ सरकार गठन लगायतका विषयमा छलफल गर्ने बताइएको छ । बैठकमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा काँग्रेसको तर्फबाट बन्ने मन्त्रीहरुको विषयमा पनि छलफल हुने बुझिएको छ । ओलीलाई भोलि प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयको तयारी छ । भोलि नै सानो आकारको मन्त्रीपरिषद विस्तार गर्ने विषयमा दुई दलबीच सहमति भएको छ ।

प्रतिक्रिया