निरन्तरको वर्षा कारण देशभर २६२ ठाउँमा बाटो अवरुद्ध

काठमाडौ । निरन्तरको वर्षा कारण देशभर २६२ ठाउँमा बाटो अवरुद्ध बनेको छरु। शुक्रबार साँझसम्म मुख्य र सहायक सडक गरी यत्तिका स्थानमा अवरोध पुगेको सडक विभागले जनाएको छरु। पानी परिरहेकाले सडक अवरुद्ध हुने र क्षति थपिने क्रम जारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छरु। सबैभन्दा बढी क्षति सडकमा भएको छरु। यसबाट असार १ यता मात्र सडक र पुलमा गरी एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाइ छरु। मुलुकका विभिन्न स्थानबाट क्षतिको विवरण आउने क्रम जारी छ । अहिले सडक विभागले हेर्ने विभिन्न सडक पहिरोका कारण अवरुद्ध छन्रु । कोशी राजमार्गको लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथांकाअन्तर्गत समाटार खण्ड अवरुद्ध छरु। असार ६ देखि पहिरो खसेर यातायात ठप्प बनेको यो सडक अझै सञ्चालनमा आउन सकेको छैनरु। असार १८ देखि अवरुद्ध रहेको डुम्रे–बेंसीसहर–चामेअन्तर्गत लमजुङको तिमाङ खण्डमा अझै सवारीसाधन चल्न सकेका छैनन । कालीगण्डकी करिडोरको तानसेन–रिडी–कोरलाअन्तर्गत स्याङ्जाको रातोडाँडा र बिसौना खण्ड असार २० बाट पहिरो खसेर अवरुद्ध छरु। मध्यपहाडी राजमार्गमा पर्ने बागलुङको काउछे–मनेवा खण्ड असार ६ मा र डोटीको रामपुर खण्ड असार २३ देखि सडक अवरुद्ध छरु। मध्यपहाडी राजमार्गअन्तर्गत नै बागलुङको बोक्सेमा असार २७ र सिन्धुलीको अक्करे भीरमा शुक्रबारदेखि पहिरो खसेर सडक ठप्प छरु। कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको दब्ल्याङ भीरमा असार २१ र यही जिल्लाको कालीखोला खण्डमा असार २६ बाट सडक रोकिएको छरु। यता कालीगण्डकी करिडोरअन्तर्गत नै म्याग्दीको सिरुबारी र बैसरीमा असार २७ बाट पहिरोका कारण गाडी चल्न सकेका छैनन्रु। सल्यानको गुरुचौर–तातली सडक खण्ड पनि शुक्रबार पहिरो खसेर ठप्प बनेको सडक विभागले जनाएको छ। 

प्रतिक्रिया