फिनल्याण्डको संसदबाट सीमा सम्बन्धी विवादास्पद कानून पारित

काठमाडौ । फिनल्यान्डको संसद्ले सीमा सम्बन्धी  विवादास्पद कानून पारित गरेको छ । कानुन पारित भएपछि निश्चित परिस्थितिहरूमा सीमामा शरण खोज्नेहरूलाई फिर्ता पठाउन अनुमति दिने दिइएको छ । फिनल्यान्डको पूर्वी सीमा हुँदै शरणार्थीहरू आउने क्रम बढेपछि कानुन पारित भएको हो । कूल एक सय ६७ सांसदले ‘उपकरणीय आप्रवासनविरुद्ध लड्न अस्थायी उपायहरू’ को पक्षमा मतदान गरेका छन् भने विपक्षमा ३१ जनाले मतदान गरेका छन् । कानून लागु हुन विधेयकमा फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबको हस्ताक्षर आवश्यक छ । उनले उक्त कानूनको समर्थन गरेका छन् । राष्ट्रपतिले केही दिनभित्र कानुनमा  हस्ताक्षर गर्ने बिबिसीले जनाएको छ । उक्त ऐन एक वर्षका लागि लागु हुनेछ । फिनल्यान्ड सरकारलाई मुलुकको सिमानामा र नजिकै अन्तर्राष्ट्रिय सुरक्षाका लागि आवेदनहरू स्वागत गर्नबाट प्रतिबन्ध लगाउन सक्षम हुने बताइएको छ । फिनल्यान्डको दक्षिणपन्थी सरकारले रुससँगको एक हजार तीन सय ४० किलोमिटर पूर्वी सीमामा गत शरद ऋतुमा भिसा बिना करिब एक हजार आप्रवासीको आगमनपछि नयाँ कानूनी उपकरणको आवश्यकता रहेको तर्क दिएको छ । आप्रवासीहरूको वृद्धिको जवाफमा फिनल्यान्डले मध्य डिसेम्बरमा रुससँगको आफ्नो सीमा बन्द गरेको थियो । कानूनी विज्ञहरूले उक्त विधेयक फिनल्यान्डको संविधान र अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धताहरूमा निहित मानवअधिकार दायित्वहरूसँग बाझिएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया