चितवनको सिमलतालस्थित त्रिशुली नदीमा खसेको बसको खोजीमा वाटर ड्रोन प्रयोग, ५० भन्दा बढी यात्रुको अवस्था अझै अज्ञात

काठमाडौ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेका दुईवटा बसको खोजीमा वाटर ड्रोन प्रयोग गरिएको छ । शनिबार बिहानबाट सशस्त्र प्रहरी बालका गोताखोर हरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर खोज्न थालेका हुन् । पाइपलाइन इन्फेक्सन मार्फत सोनार क्यामेराको प्रयोग गरेर खोजी कार्य थालिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता  शैलेन्द्र थापाले जानकारी दिए । बस खोज्न सशस्त्र प्रहरी बलका ९ जना गोताखोर सहितको टिम परिचालन गरिएको छ । नेपाली सेनाका सहित २८ जना गोताखोर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा बस खसेका थिए । काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् । तर, शुक्रवार १५ घण्टा खोजी गर्दा पनि बस र यात्रुको अवस्था पत्ता लाग्न सकेको थिएन । शनिवार बिहानैबाट बसको खोजी कार्य थालिएको हो ।  घटनास्थल नजिकै वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको एन्जल डिलसक्सको पर्दा र बच्चाको ट्रयाकुसुट भेटिएको थियो । एन्जल डिलक्समा २४ जना यात्रु सवार थिए ।  प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ । गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए ।  दुईवटा बसमा सवार ५० भन्दा बढी यात्रुको अवस्था अज्ञात छ ।
 

प्रतिक्रिया