ओलीले पुनः संसद् विघटन गर्ने भन्दै त्यसको साक्षी नबस्न देउवालाई मेटमणिको अनुरोध

नेकपा (एकीकृत समाजवादी)ले चार महिनापश्चात प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्ने निश्चित भएको बताएका छन् ।  शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा बोल्दै पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले  चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहालको लागि अनुकूल हुने भन्दै कांग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन्।उनले देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन भन्दै चार महिनापछि परिस्थिति अनुकूल हुने दाबी गरे। उनले चार महिनापछिको परिस्थिति दाहालकै पक्षमा हुने बताए। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई देशको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी संसद् विघटन हुनेगरी साक्षी नबस्न पनि सुझाव दिए।

“आज जस्तो भए पनि नेपाली कांग्रेस सभापतिलाई दोषी कति पनि नदेख्नुहोला । उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला चार महिनामा परिस्थिति अनुकूल भइहाल्छ, सय प्रतिशत । आजको मितिबाट गनेर बसौँ चार महिनामा परिस्थिति अनुकूल तपाईंकै पक्षमा हुन्छ,” उनले भने । उनले प्रचण्डलाई अब त मान्छे चिन्नुभयो होला नि भन्दै प्रश्न गरे । उनले आफ्नो दल हिजो, आज र भोलि सधैँ प्रचण्डको साथमा उभिने वचन पनि दिए ।

सचेतक चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई केपी शर्मा ओलीले पुनः संसद् विघटन गर्ने भन्दै त्यसको साक्षी नबस्न अनुरोध गरे । साथै, चार महिनापश्चात आजको प्रधानमन्त्री प्रचण्डको हालत जस्तो होला है भन्दै सचेत पनि गराए ।प्रमुख सचेतक चौधरीले दुई ठूला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छ? भनी प्रश्नसमेत गरे। 

प्रतिक्रिया