सरकार गठनको उपधारा पहिल्याउन राष्ट्रपतिले बोलाए कानुनविद्लाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भए लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्लाई छलफलका लागि बोलाएका छन्। दाहाल नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै पौडेलले नयाँ सरकार गठनका लागि परामर्श गर्न संविधानका जानकारहलाई शितल निवास बोलाएका हुन्।

संविधानको धारा ७६ (२) अनुसार १८ महिनाअघि दाहाल नेतृत्वको सरकार ढलेसँगै अब कुन उपधाराअनुसार सरकार आह्वान गर्ने भन्नेबारे छलफल गर्न लागेका हुन्।

राजनीतिक दलहरु धारा ७६ (२) वा (३) कुन अनुसार सरकार गठनका लागि आह्वान हुनुपर्ने भन्नेमा विभाजित छन्।  कांग्रेस एमाले धारा ७६ (२) बाट नयाँ सरकारका लागि आह्वान हुनुपर्ने पक्षमा छन् भने माओवादीसहितका अरु केही दल धारा ७६ (३) अनुसार आह्वान हुनुपर्ने माग गरिरहेका छन्।

शुक्रबार साँझ सरकार गठनका लागि आह्वान गर्ने तयारी छ।

प्रतिक्रिया