२४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु

विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । आज सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफलमा गृह मन्त्रालयले बाढि पहिरोवाट ठुलो जनधनको क्षति भएको जानकारी दिएको हो । मन्त्रालयले यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सरकार एवं स्थानीय सरकारले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आग्रह समेत गरेको छ । 
बिहीवारदेखि शुक्रवार दिउँसोसम्म पहिरोबाट कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको गृहको तथ्यांक छ । काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्री बस पहिरोले बगाएको सो बसमा रहेकाहरुको बारेमा खोजि जारी रहेको मन्त्रालयले जनाएको छ । 
बसमा कति सवारी थिए भन्ने यकिन तथ्यांक नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुले पनि टिकट नलिकन यात्रा नगर्न आग्रह गरेको छ । गृहले सुरक्षा बलले पनि बसहरुको विभिन्न ठाउँमा चेकजाँच गर्न आग्रह गरेको छ । 
 

प्रतिक्रिया