प्रचण्डलाई योगेशको चेतावनी: जातजातिको नाममा फेरि आगो बाल्ने दुष्प्रयत्न नगर्नुहोला

नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिएका हुन्।

उनले संविधान संशोधन अग्रगमनका लागि गर्न लागेको बताए। उले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पारे। उनले प्रधानमन्त्रीलाई आज एकाएक जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित र महिलाको याद आएको भन्दै तपाईंको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन्? भनि प्रश्न गरे।

उनले प्रधानमन्त्री दाहालका लागि हतियार बोकेका तमाम दलित युवाहरु कहाँ छन्? भनेर पनि प्रश्न गरे। उनले आफ्नो स्वार्थसिद्ध गर्नका लागि देशको राष्ट्रियतालाई उधिन्ने काम नगर्न पनि चेतावनी दिए।

 म भन्न चाहान्छु, दलितको नाममा, महिलाको नाममा, मधेसको नाममा फेरि आगो बाल्न सकिन्छ कि भन्ने यदि दुष्प्रयत्न हो भने अब त्यो सफल हुँदैन, भट्टराईले थपे, ‘ त्यो सफल हुने छैन। यो देश जाति जातिको सहअस्तित्वबाट राष्ट्र बनेको हो यो कुरा ख्याल गर्नुहोला।’

प्रतिक्रिया