काँग्रेस एमालेलाई प्रचण्डको प्रश्न: अँध्यारो कोठामा कसको घरमा गरेको त्यो सहमतिले के संकेत गर्छ ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको मिलनले प्रतिगमन र निरंशुकताको चिन्ता बढाएको बताएका छन् । उनले पहिलो र दोस्रो दल मिलेर दुनियाँमा लोकतन्त्र कमजोर मात्र बनाएको र निरंकुशतालाई नै प्रवद्र्धन गर्ने दाबी गरे ।
“मलाई डर प्रतिगमन र निरंकुशताको छ । सामन्यत, लोकततन्त्रमा मुख्य प्रतिस्पर्धी मिलेर सरकार बनाउँदैनन्,” विश्वासको मत लिन उभिएका प्रचण्डले भने, “अमेरिका, बेलायत, भारत त्यहाँ मुख्य प्रतिस्पर्धी मिलेर कुनै सरकार बनाएका छन् ? तपाईंहरुले ती राष्ट्रलाई अझ आदर्श ठान्नु हुन्छ ।”
उनले नेपालमा पहिरो आउँदैछ भनेर नमिलेको बताए ।
प्रतिक्रिया