ओम्नी र गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाउन सकेँ : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू विश्वासको मतको पूर्ण हकदार भएको दाबी गरेका छन् । उनले कुनै यति, कुनै ओम्नी कुनै गिरीबन्धुहरुको बोझ र कलंक नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेश भएको दाबी गरे ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले आफूमाथि लागेको अस्थिरताको आरोप सहेर पनि राजनीतिक भूमिकामा पद बाँड्न माहिर भएको बताए । उनले आफ्नै पहलमा राष्ट्रपति कांग्रेसको, उपराष्ट्रपति जसपा, सभामुख एमाले र उपसभामुख रास्वपालाई दिन सफल भएकाे बताए ।
प्रतिक्रिया