बुटवल–नारायणगढ सडक निर्माण सम्पन्न नहुँदा सडक यात्रु र स्थानीयलाई सास्ती
बुटवल–नारायणगढ सढक निर्माणको काम समयमै सम्पन्न नहुँदा यात्रु, सबारी चालक र स्थानीयबासी सास्ती खेप्न बाध्य भएका छन् । बुटवल–नाराणगढ सडक खण्डअन्तर्गत बुटवल उपमहानगरपालिकाको चौराहादेखि बुटवल औद्योगिक क्षेत्रसम्मको सडक समयमै नवन्दा सर्वसाधारण सास्ती खेप्न बाध्य भएका हुन् । बर्खा लागेसँगै हिलो र खाल्डाखुल्डीका कारण स्थानीयवासी र सवारी साधनलाई सडक ओहोरदोहोर गर्न निक्कै सकस हुने गरेको छ । बुटवल–नारणघाट सडकखण्डको दाउने क्षेत्रमा बर्षाकै कारण दैनिकजसो सडक अवरुद्ध हुँदा लामो दुरिका यात्रुहरुले पनि दुःख पाउने गरेका छन् ।
सडक निर्माण समयमै सम्पन्न नहुदा योजनाको लागत पनि बढेको छ । चाइना स्ट्रेडकन्ट्रक्सन इन्जिनीयरीङ्घ कर्पोरेसनले १ सय १४ किलोमिटर सडक निर्माणको जिम्मा पाएको छ । यो सडक निर्माण गत बर्ष नै सक्कीनुपर्नेमा हालसम्म करिव ५५ प्रतिशत मात्रै काम सकिएको बताईएको छ । यो सडक खण्डलाई एशिएन राजमार्गको गुणस्तर मापदण्ड अनुसार बिस्तार गर्नका लागि २०७५ साल मागमा ४२ महिनामा काम सक्ने गरि सम्झौता भएको थियो ।।
प्रतिक्रिया