नयाँ सरकारका लागि कांग्रेस एमालेले आजै दाबी पेश गर्ने
ओलीलाई प्रधानमन्त्रीमा अघि सार्ने पूर्व सहमति
नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरुले आजै नयाँ सरकारका लागि दाबी पेश गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाउने निश्चित भएकाले उनीहरुले दुई तिहाई सांसदको समर्थन सहित एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा अघि सार्न लागेका हुन् । प्रमुख दुई दल कांग्रेस–एमालेले संविधानको धारा ७६ को उपधारा २ बमोजिमकै सरकार बनाउन चाहेका हुन । त्यसका लागि कांग्रेस र एमालेले ओलीको नेतृत्वमा संविधानको धारा ७६ दुई अनुसारकै सरकार गठन हुने संस्थागत निर्णय नै गरिसकेका छन् रु। नयाँ सरकार गठनका लागि शीतल निवासमा बुझाउन दुईतिहाइ सांसदको हस्ताक्षरसमेत तयारी अवस्थामा राखिएको छ । राष्ट्रपति पौडेलसमेत दुई ठूला दलले बलियो सरकार दिन खोजिरहेका बेला कमजोर सरकारको विकल्पमा नजाने मनस्थितिमा रहेको बताइएको छ । नयाँ सरकार निर्माणको बाटो खुल्नासाथ दुईभन्दा बढी दलहरूबाट जुटाइएको दुईतिहाइ बढी समर्थन प्राप्त हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्ने तयारी भइरहेको छ । विश्वासको मतमा असफल भएपछि दाहाल स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था रहे पनि सम्मानजनक बहिर्गमनका लागि उनले राष्ट्रपतिकोमा गएर राजीनामा बुझाउन सक्ने विकल्प पनि खुला छरु। राजीनामा दिएमा राष्ट्रपतिले त्यसैलाई आधार मानेर नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेछनरु। अथवा सभामुखले संसदमा प्रधानमन्त्रीले विश्वासको मत गुमाएको विवरणसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाएपछि राष्ट्रपतिलाई नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउने बाटो खुल्नेछरु।।
प्रतिक्रिया