सिमलताल पहिरोले बगाएको बसमा पर्साका १७ जना र ७ भारतीय नागरिक सवार
नारायणगढ—मुग्लिन सडकको सिमलतालमा शुक्रवार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको पाइएको छ । आज बिहान साढे तीन बजेतिर पहिरोमा परेर बगेको यात्रुवाहक बसमा पर्साको १७ जना नेपाली र ७ भारतीय रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरका बुकिंग ईन्चार्ज प्रेम साह कानूले जानकारी दिए । वीरगञ्जबाट काठमाडौ जाने क्रममा बस पहिरोमा परेर बगेको हो ।
पर्साको रंगपुरबाट खुल्ने एञ्जल डिलक्स प्रा.लि.को बस नं. प्र०३००६ ख १५१६ मा पर्सा र भारतका गरी कुल २४ जना यात्रु सवार थिए । यात्रुहरु पर्साको रंगपुरबाट ९ जना वीरगञ्ज बसपार्कबाट भारतीय र नेपाली गरी १२ जना, १ जना सवारी चालक २ जना सहचालक रहेका छन । केही यात्रु स्थानीय समेत रहेको बताइएको छ । यता, काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स पनि पहिरोमा बगेको छ । दुवै बसमा गरी ६० जना बढी यात्रुहरु सवार रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया