म्याग्दीको धवलागिरिमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा आज बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ ।  ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी ५०–५१ वर्षका तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको हो । जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीहरूले दुबैको शव निकालेका थिए । केही दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

प्रतिक्रिया