अविरल बर्षाल तिनाउ नदिमा सतह बढ्यो

अविरल बर्षाका कारण बुटवलको मध्यभाग भएर बग्ने तिनाउ नदिमा सतह बढेको छ । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रको नदि किनारका केहि क्षेत्रका सुकुम्बासी बस्तिका केहि भाग जोखिममा छन् । बर्षाका कारण तिनाउको पानी धमिलो हुनुका साथै ड्याममा क्षति पुर्याएकोले बुटवलका केही भागमा खानेपानी समेत वितरण हुन नसकेको खानेपानी संस्थान बुटवल शाखाले जनाएको छ । अत्यधिक बर्षाले राती देखि नै बन्द रहेको चिडियाखोलाको मुहान मा बिछ्याइएको पाइप र खानेपानी संरचनमा क्षति पुगेको छ । अबिरल बर्षा ले मर्मत तत्काल सम्भव नभएको पनि संस्थाने जनाएको छ । 

प्रतिक्रिया