विम्बल्डन टेनिसमा महिला एकलको फाइनल भिडन्त तय
उपाधिका लागि बारबोरा क्रेचिकोभा र जस्मिन पाओलानीले प्रतिस्पर्धा गर्ने
विम्बल्डनको महिला एकल उपाधिका लागि चेक गणतन्त्रकी बारबोरा क्रेचिकोभा र इटालीकी जस्मिन पाओलानी भिड्ने भएका छन् । क्रेचिकोभा गएराति पूर्वविजेता एलेना रेबकिनालाई पराजित गर्दै उपाधिनजिक पुगेकी हुन । उनले ३–६, ६–३ र ६–४ को सहज जित हात पारेकी हुन । अल इंग्ल्यान्ड क्लबमा यो नै अहिलेसम्मको सबैभन्दा लामो समय चलेको महिला सेमिफाइनल रहेको छ । खेल दुई घण्टा ५१ मिनेट चलेको थियो । उनी दोस्रोपटक ग्रान्ड स्लाम फाइनलमा पुगेकी हुन् । यसअघि उनले सन् २०२१ को फ्रेन्च ओपन जितेकी थिइन् । अर्को खेलमा पाओलोनीले भने डोना भेकिचलाई २–६, ७–४ र ७–६ ले पाखा लगाएर फाइनलमा ठाँउ बनाइन ।
प्रतिक्रिया