सिमतालमा पहिरो खस्दा २ वटा बस बगायो, ६५ यात्रुहरु बेपत्ता
नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ ।वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस त्रिशूलीमा खसेको थियो। लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा खसेको छ । नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाए हो। पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था छैन । बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अज्ञात रहेको छ ।घटनास्थलमा तीनवटै सुरक्षा निकाय गरी ७५ जना भन्दा बढी टोली खटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले खोज तथा उद्धारमा ७५ जनाको टाेली खटाइएको र त्रिशूलीमा बस खोज्न गोताखोर पनि झिकाइएको जनाएको छ ।
प्रतिक्रिया