एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकबाट विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिएको हो ।

एकीकृत समाजवादीबाट सरकारमा दुई मन्त्री सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार (भोलि) बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत पाउने सम्भावना देखिँदैन । एकीकृत समाजवादीले अब बन्ने नयाँ गठबन्धनलाई समर्थन नगर्ने निर्णय पनि गरेको छ ।  

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्तासहकार्यको सहमति भइसकेको छ । पहिलो चरणमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दुई दलबीच सहमति भएको बताइएको छ ।

प्रतिक्रिया