राष्ट्रिय सभा बैठक स्थगित भएकोमा चार दलको असन्तुष्टि
बिहीबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएकोमा चार दलले आपत्ति जनाएका छन् । बैठक स्थगित भएपछि नेकपा एमाले राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपाने, नेपाली कांग्रेस प्रमुख सचेतक कृष्ण बहादुर रोकाय, जनता समाजवादी पार्टी संसदीय दलका नेता मृगेन्द्र कुमार सिंह र लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता शेखर कुमार सिंहले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन् ।
राष्ट्रियसभाले विधेयकहरूमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानूनीअधिकार समेत हनन भएको उनीहरूको ठम्म्याइ छ। उनीहरुले राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यहरूको असहमति हुँदाहुँदै बैठक स्थगित गरेकाेप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
असार २३ गते नै नियमित कार्यसूचीमा आएका आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विद्येयक २०८१, भन्सार महशुलसम्बन्धी विधेयक २०८१ लाई पारित गर्नुपर्नेमा अर्थमन्त्रीको गलत मनसायका कारण बिहीबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्रीको अनुपस्थिति भन्दै स्थगित गरिएको ती दलको दाबी छ ।
राष्ट्रियसभा अध्यक्षको सचिवालयले भने राष्ट्रिय सभा नियमावलीको व्यवस्थाअनुसार बैठक स्थगित नै गर्नुपर्ने अवस्था आएका कारण स्थगित गरिएको जनाएको छ ।
प्रतिक्रिया