श्रमिकमाथि अन्याय गर्ने ५८४ मेनपावर कम्पनी कारबाहीमा
वैदेशिक रोजगार विभागले ५ सय ८४ मेनपावर कम्पनीमाथि कारबाही गरेको छ । विभागमा दर्ता भएका तर, ‘वैदेशिक रोजगार ऐन, २०६४’ विपरीत काम गर्दै आएका ती मेनपावर कम्पनीहरु कारवाहीमा परेका हुन् । कारबाहीमा परेकामध्ये केहीको कारोबार रोक्का गरिएको छ । बाँकी सबै खारेज गरिएको विभागको भनाइ छ । उनीहरुले वैदेशिक रोजगार ऐन, २०६४’ अनुसार स्वीकृति नलिइ कामदार पठाएको, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएको, सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएको पाइएपछि म्यानपावर कम्पनीमाथि कारवाही गरिएको विभागको भनाइ छ । यस्तै व्यक्तिगत रूपमा कामदार पठाएको, प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च बढी लिएको, आदेश वा निर्देशन पालना नगरेका कम्पनीको खाता रोक्कादेखि इजाजत पत्र खारेज गर्नेसम्मको कारबाही गरिएको छ । यसरी खारेज भएका तथा करोबार रोक्का भएका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी कार्य गर्न नपाउने विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । विभागमा हाल १ हजार ६०४ मेनपावर कम्पनी दर्ता भएका छन् । तीमध्ये ९८२ कम्पनीमात्रै सक्रिय रहेको विभागले जनाएको छ ।।
प्रतिक्रिया