नयाँ बन्ने जनसंख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुको सुझाव
नयाँ बन्ने जनसंख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । बिहीवार जनसंख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले २०७८ सालको जनगणनाअनुसार सरकारले बनाइरहेको नयाँ जनसंख्या नीति कार्यान्वयमा जोड दिन आग्रह गरेका हुन् । उनीहरुले विगतमा बनेका जनसंख्या नीतिहरु पनि कार्यान्वयन नहुँदा प्रभावकारी बन्न नसकेको उदाहरण दिँदै सरकारले नीति कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताए । उनीहरुले युवाहरु विदेश पलायन भइरहेको र भएका युवाहरु पनि देशका लागि प्रयोग भइरहेको छ की छैन भन्नेबारेमा अध्ययन हुन आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै विज्ञहरुले जनसंख्या आफैँ श्रोत, साधन र साध्य भएको बताए । उनीहरुले मानवीय श्रोतको सदुपयोग गरी मानवले मानव हितको लागि विकास गर्न आवश्यक रहेको स्पष्ट पारे । जनसंख्याको हिसावले नेपालले ज्येष्ठ नागरिकका विषयमा चिन्ता गर्नुपर्ने कारण नरहेको उनीहरुको भनाइ छ । विज्ञहरुले जनसंख्याको अवस्थालाई अध्ययन गरेर मात्रै नीति निर्माण गर्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले वाह्य बसाईंसराईको अवस्था विकराल हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनीहरुले नेपालको जनसांख्यिक लाभांश पूर्ण उपयोग हुन नसकेको, अव्यवस्थित शहरीकरणको मारमा नागरिकहरु परेको पनि बताए ।
प्रतिक्रिया