कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक: नारायणकाजी श्रेष्ठ
उपप्रधान एवं परराष्ट्रमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् । बिहीवार बालुवाटारमा स्व. सीता दाहालको पहिलो वार्षिकीका अवसरमा श्रद्धा सुमन अर्पण गर्दै श्रेष्ठले अहिलेको आवश्यकता आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै नागरिकको चाहना बमोजिम काम गर्न आवश्यक रहेको बताएका हुन् । उनले विभिन्न बहानामा प्रतिगामी तत्वहरुले आन्दोलनमाथि धावा बोल्ने काम गरिरहेको भन्दै त्यसलाई माथि उठ्न दिनु नहुने पनि बताए ।
उपाध्यक्ष श्रेष्ठले सीता दाहालको निधनबाट पार्टीलाई अभिभावकको अभाव खड्किरहेको उल्लेख गरे ।
प्रतिक्रिया